भोली घटस्थापनाको दिनबाट रिलिज हुन लागेको सिनेमा छक्का पन्जा ३ ले आक्रामक कमाई गर्ने छनक दिएको छ । सिनेमाको बुकिङ खुले लगतै दर्शकले उत्साहका साथ टिकट लिएका छन् ।
यो सिनेमालाई क्यूएफएक्सको ५ वटा हलमा ३० शोज मिलेको छ । यो नेपाली सिनेमाका लागि उच्च शोज हो । काठमाण्डौका सबै मल्टिप्लेक्स छक्का पन्जा ३ ले भरिएको छ । दर्शकको उत्साहले पनि यसको पहिलो दिनको कमाई रेकर्डतोड हुने अपेक्षा गरिएको छ ।


दिपकराज गिरी र दीपाश्री निरौलाले मिलेर बनाएको यो सिनेमालाई दीपाश्रीले निर्देशन गरेकी हुन् ।
सिनेमाको बिहान साढे ८ बजेको शोजमा समेत दर्शकको चाप उच्च छ । सिनेमाको नाम नै ब्रान्ड बनिसकेकाले पनि दर्शकले यो सिनेमालाई प्रतिक्षा गरेका थिए । आज बेलुकासम्म काठमाण्डौका मुख्य मुख्य मल्टिप्लेक्समा भोलीका लागि टिकट नपाइने संभावना बढेर गएको छ ।

Image may contain: 5 people, including Deepak Raj Giri, people smiling, text

For More videos Log on to Mazzako TV