चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । उनको आज बिहान आफ्नै घर छेउमा विजुलीको पोलले थिचेर निधन भएको हो ।
रुख काटेको हेर्दै गर्दा ढलेको रुख विजुलीको पोलमा अड्किएको थियो । रुखलाई विजुलीको पोलले धान्न नसकेपछि पोल लडेको थियो र बोगटीलाई थिचेको थियो ।


उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा निधन भएको हो । उनको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ । उनका छोरा अमेरिकामा रहेकाले पनि केही दिनमा मात्र उनको दाहासंकार हुनेछ ।
बोगटीको ५८ बर्षको उमेरका निधन भएको हो ।

For More videos Log on to Mazzako TV