सुशिल र आमिरको प्रियंका सङ्ग काफल पाक्यो
चलचित्र ‘बादशाह जुट’ को “काफल पाक्यो” बोलको गीत सार्वजनिक गरिएको छ । लोक लयको गीतमा नायिका प्रियंका कार्की , दुई नायक सुशिल श्रेष्ठ र आमिर गौतम सँग नाचेकी छिन् । साथमा चलचित्रका दुई मुख्य नायिका रोशी खड्का र केइसा रावत लाई पनि भिडियोमा स्थान दिइएको छ।
राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको उक्त गीतमा कृष्ण भारद्धाजको संगीत, र डि.बि. खनालको शब्द रहेको छ। कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् । जोनी सिंह राणाले निर्देशन गरेको फिल्म आगामी पौष १३ गतेदेखि रिलिज हुँदैछ । फिल्मलाई हर्क बहादुर कुँवर र भोज राज श्रेष्ठले मिलेर निर्माण गरेका हुन् ।

एच एण्ड बि फिल्मस् प्रा .ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.ली. को संयुक्त व्यानरमा निर्माण भएको ‘बादशाह जुट’मा राज कुमार उप्रेतीको द्धन्द्व, राजु कार्कीको छायांकन छ ।
For More videos Log on to Mazzako TV







