बन्ला त लुट चंगा लुट ?
निर्माता माधव वाग्ले आफ्नो कुरा स्पष्ट भन्न माहिर छन् । उनले, आफ्नो कुरा निर्धक्क मिडियासँग भनिदिन्छन् । यसैले पनि माधवलाई नेपाली फिल्ममा स्पष्टवक्ताको रुपमा हेरिन्छ । उनले माधवले निर्माण गरेको सिनेमा चंगाचेट कात्तिकको १७ गतेबाट रिलिज हुँदैछ । यो सिनेमा चल्छ भन्नेमा माधव वाग्ले विश्वस्त छन् ।
यत्तिको सिनेमा पनि चलेन भने के बनाउने भन्दै उनी कड्किन्छन् । माधवले अझै पनि लुट सिनेमाको नाम छाडेका छैनन् । उनले त अब बनाउने नयाँ सिनेमाको नाम समेत घोषणा गरिदिएका छन् । माधवका अनुसार चंगाचेटपछि लुट चंगा लुट बनाउनेछन् ।
यो सिनेमाको पनि काम अघि बढेको छ । लुट र चंगाचेटको नाम मिलाएर लुट चंगा लुट बनाउने उनको योजना छ । तर, माधवले भनेजसरी यो सिनेमा बन्ला त ?
For More videos Log on to Mazzako TV








