कात्तिक १६ गते प्रदर्शन मिति तय गरेको चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रको ट्रेलर आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको थियो । डार्क कमेडी जनरामा बनेको चलचित्रको ट्रेलरमा तीन युवाको कथालाई प्रस्तुत गरिएको छ ।

यस चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको छ। प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी, सन्दीप क्षेत्री, परमिता आर एल राणा, रविन्द्र झा, सुरक्षा पन्त, अपर्ण थापा, माओत्से गुरुङ, ऋचा शर्मा, बेनिशा हमाल, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरी लगायतका कलाकारको यस चलचित्र मा अभिनय रहेको छ ।

 

For More videos Log on to Mazzako TV