अरुले बनाए, नीताले गफ गरिन्
अभिनेत्रीहरु अहिले सिनेमा निर्माणमा होमिएका छन् । अभिनेत्रीहरुले लगालग सिनेमा बनाउँदा कोही सफल त कोही असफल भैरहेका छन् । सिनेमा निर्माण गर्ने घोषणा गरेर केकी अधिकारीले कोहलपुर एक्सप्रेस बनाइसकिन् । अभिनेत्री ऋचा शर्माले २ बर्षमा २ सिनेमा निर्माण गरिसकिन् ।

अभिनेत्री निशा अधिकारी पनि सिनेमा बनाएर अमेरिका पुगिन् र उतै बसेकी छिन् । हिरोइनहरुले सिनेमा बनाउने भनेर घोषणा गरेपछि बनाएका छन् । तर, अभिनेत्री नीता ढुंगानाको भने गफै मात्र भएको छ । गएको बर्षको जन्मदिनमा नै नीताले सिनेमा बनाउँछु भनेकी हुन् । सिनेमाका लागि लगानी खोज्ने पनि बताएकी हुन् । तर, उनले सिनेमा बनाउन सकिनन् । यो बर्ष त उनले आफ्नो नाममा ब्यानर मात्र दर्ता गरिन् ।
अन्य हिरोइनले सिनेमा बनाएको देखेर नीताले पनि निर्मात्री बन्न हतार गरेको हुनसक्छ । होइन भने, २ बर्षमा सिनेमाको नाम पनि घोषणा गर्न नसक्दा नीताले हतारमा निर्मात्री बन्छु पो भनिन् कि ?
For More videos Log on to Mazzako TV








