शनिबार राजधानीको सिभिल मलमा अभिनेता धिरज मगर पुग्दा यूवतीहरुविच रुवावासी चल्यो । यूवतीहरुले धिरजसँग तस्बिर खिचाउन तछाडमछाड गरे । धिरज अब यूके फर्किदैछन् भन्ने थाहा पाएपछि यूवतीहरु झनै रोए । धिरज मगरले फ्यानबाट पाएको यो मायाले आफूलाई भावूक बनाएको बताए ।

सिनेमा इन्टु मिन्टु लण्डनमा तेश्रो सातामा हलमा लागिरहेको छ । अभिनेता धिरज मगर यो सिनेमाबाट उदाएका छन् । धिरजलाई लिएर नै निर्देशक रेनशा वान्तवा राइले आई एम ट्वान्टी वान निर्देशन गर्दैछिन् । अर्को बर्षको दशैमा सिनेमा रिलिज गर्ने उनको योजना छ । धिरज मगरलाई पहिलो सिनेमाबाट बनाएको क्रेज जोगाउन सजिलो भने छैन । उनी अब मिडिया फेस भएका छन् ।

उनी अब मिडियाका समाचारबाट लखेटिनेछन् । पहिलो फिल्ममा हिट हुने र त्यसपछि विस्तारै क्रेज कमजोर हुँदै जाने रोग नेपाली कलाकारमा देखिन्छ । धिरज यसबाट बचे भने नेपाली फिल्मको नयाँ स्टारको रुपमा उदाउनेछन् ।

For More videos Log on to Mazzako TV