निर्देशक विकासराज आचार्यले निर्देशन गर्न लागेको सिनेमा हजार जुनी सम्ममा अभिनेता आर्यन सिग्देल फाइनल भएका छन् । आर्यनले महंगो रकम लिएर सिनेमा खेल्न तयार भएका हुन् । आर्यन फाइनल भएसँगै सिनेमाको सम्पूर्ण कलाकार फाइनल भएका छन् ।

सिनेमामा आर्यन सिग्देलको साथमा अभिनेत्रीद्धय स्वस्तिमा खड्का र प्रियंका कार्कीको मुख्य भूमिका रहनेछ । सिनेमामा अभिनेता सलोन बस्नेत पहिले नै फाइनल भैसकेका थिए । यस्तै, दिल्लीमा रहँदै आएका नव अभिनेता अकी प्रधान पनि सिनेमाका लागि फाइनल भएका छन् । म्यूजिक लभ स्टोरी कथामा बन्न लागेको यो सिनेमालाई लिएर विकास उत्साहित छन् । यसपटक विकासले सिनेमाको निर्देशन मात्र गर्दैछन् ।

विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाले यो सिनेमाको कथा लेखेका हुन् । आर्यनले विकासको निर्देशनमा बनेको सिनेमा नाई नभन्नु ल ३ मा काम गरेका थिए ।

For More videos Log on to Mazzako TV