नायक अनमोल केसी अभिनीत नेपाली चलचित्र ‘क्याप्टेन’ को रिलिज डेट घोषणा गरिएको छ । पटक-पटक विभिन्न मितिमा प्रदर्शन हुने चर्चा भएपनि अब उक्त फिल्म महाशिवरात्रीको छेकोमा रिलिज हुने पक्का भएको छ । अनमोलको यो छैटौं प्रोजेक्ट हो ।

‘क्याप्टेन’ फागुन १७ गते प्रदर्शनमा आउने जानकारी जानकारी दिइएको छ । उक्त मितिमा फिल्म रिलिज हुन लाग्नुको पछाडि फागुन २० गते सोमवार परेको महाशिवरात्रीको सार्वजनिक विदा हो । यो फिल्ममा अभिनेता अनमोलले पहिलो पटक फुटबल खेलाडीको भूमिका निभाएका छन् । दीवाकर भट्टराई फिल्मका निर्देशक हुन् ।

भुवन केसी निर्मित ‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । यस चलचित्र मा अनमोलको अपोटिजमा दुई नव अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभी ले अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV