निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।
प्रियंका कार्की,आयुष्मान देशराज जोशी,परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र शिशिर बाङदेलको प्रमुख भूमिका यस फिल्ममा रहेको छ । केहि समय अघी रिलिज गरिएको फिल्मको ‘गोजीमा दाम छैन’ गीत लाई पछील्लो समय मन पराईएको पनि छ ।

फिल्मको ‘ढल्की ढल्की’ बोलको गीतले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दुई गीतले फिल्मको राम्रो हाइप निर्माण गरेकोमा निर्मातानिर्देशक उत्साहित देखिएका छन् । डार्क कमेडी बताइएको फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

कात्तिक १६ गते आउने यो फिल्ममा अर्जुन पोखरेलको संगीत छ । निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् । निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको फिल्ममा सूर्य ठोकरको द्वन्द्व छ ।

For More videos Log on to Mazzako TV