आयांकको ट्याटु
अभिनेत्री प्रियंका कार्कीले आफ्नो गर्धनमा आयांक नामको ट्याटु खोपेपछि उनका प्रेमी आयुष्मान देशराजले पनि यही नामको ट्याटु खोपेका छन् । आयुष्मानले आफ्नो छातीको छेउमा ट्याटु खोपेका हुन् । प्रियंका र आयुष्मानको इन्गेजमेन्टपछि दुइको नाम मिलाएर आयांक राखिएको हो ।
अहिले यी दुइलाई आयांक नामले चिन्ने गरिन्छ । आयुष्मान र प्रियंका वुधबार सिनेमा कथा काठमाण्डु हेर्न पुगेका थिए । सिनेमा हेरिसकेपछि उनीहरुले ट्याटु शो गरे । आयुष्मानले ट्याटु शो गर्दा प्रियंका लजाइन् । इन्गेजमेन्ट गरेर झनै नजिक भएका यी दुइको प्रेमका गतिविधीलाई कतिपयले नौटंकी धेरै भएको भनेर आलोचना समेत गर्छन् ।
तर, यसले उनीहरुलाई फरक भने परेको छैन । अर्को बर्ष यी दुइले बिहे गर्ने बताएका छन् ।
For More videos Log on to Mazzako TV