फिल्म अनुराग निर्माण गरेर सिनेमाको निर्माणमा पनि सफल हुन्छु भन्ने सोचेका पत्रकार ऋषि धमला यता भने असफल भए । राजनीतिक पत्रकारितामा उनको राम्रै हालिमुहाली छ । तर, सिनेमा निर्माणमा उनी असफल भएका छन् ।


उनको प्रस्तुतिमा तयार भएको सिनेमा अनुराग बक्स अफिसमा असफल भएको छ । तर, उनले यसको दोष वितरकलाई दिएका छन् । ऋषि धमलाले वितरकका कारण सिनेमाले हल नपाएको तर दर्शकले डिमाण्ड गरेको बताए । वितरकहरुले फिल्ममा राजनीति बढी गर्ने भन्दै अब आफ्नो आगमन फिल्ममा भएको चेतावनी समेत दिएका छन् ।

धमलाले यसो भन्दै गर्दा उनकी पत्नी एलिजा गौतमले वितरकले निकै नराम्रोसँग आफूहरु जस्ता नयाँ निर्माता र कलाकारलाई स्वागत गरेको गुनासो गरेकी छिन् । उनले, यस्तै पाराले सिनेमा क्षेत्र अगाडि नजाने समेत गुनासो गरिन् ।

For More videos Log on to Mazzako TV