‘दि कर्मा’मा निताको ठुम्का- बजार लाग्या छ
नेपाली चलचित्र ‘दि कर्मा’को पहिलो गीत “बजार लाग्या छ”बोलको गीत रिलिज भएको छ । उक्त गीत को भिडियोमा नायिका निता ढुङ्गाना र नायक करण बर्माको नृत्य देख्न सकिन्छ । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ लगाएतका कलाकार देखिएका छन् । गीतमा कोसिस क्षेत्रीको शब्द तथा सङ्गीत रहेको छ भने मनीषा पोखरेलको स्वर रहेको छ । यस गीतलाई कोरियोग्राफी रामजी लामिछाने ले गरेका हुन् । चलचित्रका गीतहरूमा कोसिस क्षेत्री, मानस थापा र अङ्कित बाबु अधिकारीको सङ्गीत छ ।

जय राज रायले निर्माण गरेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायाङ्कन गरेका छन् । फिल्मको प्र्दशन मिती मङ्सिर ७ गतेलाई तोकिएको छ ।
For More videos Log on to Mazzako TV








