दर्शक रोएनन् संचारकर्ममा हिट भएका पत्रकार ऋषि धमला फिल्म निर्माणमा पनि अघि सरे । पत्नी एलिजा गौतमलाई नै हिरोइन बनाएर उनले सिनेमा निर्माण गरे ।

अनुराग सिनेमा हेर्न दर्शक उर्लिन्छन्, आफ्नो क्रेजले सिनेमा भिषण चल्छ भन्ने ऋषिले वुझेका थिए । तर, सिनेमा चलाउनु र टीभीमा कार्यक्रम चलाउनु एउटै होइन । ऋषिको लगानीमा बनेको यो सिनेमा हेर्न दर्शक हलसम्म आएनन् । बरु, उनले दर्शक बोलाएको भिडियो सार्वजनिक भएको थियो । यो सिनेमा हेरेर निस्कदा यसकी हिरोइन एलिजा गौतम रोइन् । मन्त्री लालबाबु पण्डित पनि रोए ।

सिनेमाको बिषयवस्तुले उनीहरुलाई रुवाएको हुनसक्छ । तर, सत्यराजको निर्देशनमा बनेको सिनेमाले दर्शकलाई न रुवायो न त हसाँयो नै ।

For More videos Log on to Mazzako TV