नेपाली कथानक चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ । नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र मङ्सिर ७ गते रिलिज हुने भएको छ । आउँदो असोज १९ गतेबाट रिलिज हुने भनिएको यस चलचित्रले आफ्नो प्रदर्शन मिति सार्दै मङ्गलवार ट्रेलर रिलिज गरेको हो । काठमाडौँमा आयोजना भएको एक विशेष कार्यक्रमबिच निर्माण पक्षले चलचित्रको ट्रेलरसँगै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।


ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्रमा आकाशको जोडीको रुपमा नव नायिका आश्मा गिरी डेव्यु गर्दैछिन् । चलचित्रमा आकाश र आश्मा जोडीको रुपमा प्रस्तुत भएका छन् । त्यस्तै यो चलचित्रमा कलाकार विल्सन विक्रम राई लाई नेगेटिभ रोल मा प्रस्तुत गरिएको छ ।

यस चलचित्रमा अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धितालले लगानी गरेका छन् । आर बी मुभिज र रियल एन्ड रिल सिनेमाको संयुक्त लगानीमा बनेको चलचित्रमा आकाश, आश्मा र विल्सनको साथमा पूजा पराजुली,सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरवीर पण्डित, शिशिर भण्डारी लगायतको मुख्य भूमिका रहेको छ ।

 

आकाश ,आश्मा र पुजा सँगको मज्जाको गफ-गाफ (भिडियो )

For More videos Log on to Mazzako TV