गायक निमा रुम्बा गायनमै हिट छन् । आज उनका गीतले बजारमा कुनै जादु नगर्दा पनि उनका फ्यान घटेका छैनन् । तर, निमालाई बेला बेलामा हिरो बन्ने रहर लाग्छ । फिल्म कागबेनीमा उनले अभिनय गरेका थिए । यो सिनेमामा काम गर्दा निमाको राम्रै तारिफ भएको थियो ।

यो नेपालको पहिलो डिजिटल प्रविधिमा खिचिएको फिल्म पनि थियो । तर निर्माताले लामो समयपछि फिल्म छिरिङ्गमा काम गरे । यश कुमारको निर्देशनलाई उनले पत्याए । तर, निमा रुम्बाको कमब्याकले काम गरेन । सिनेमा हलमा लागेको र उत्रिएको नै अत्तोपत्तो भएन ।

निमा रुम्बाको क्रेज गायनमा पनि उति साह्रो छैन । झन् अभिनेताको रुपमा त हुने कुरा नै भएन । निमाले फिल्म खेल्न जानेनन् कि यशले रिलिज गर्न ? तर निमाको कमब्याक भने फितलो नै भयो ।

For More videos Log on to Mazzako TV