एउटा सिनेमा रिलिज नहुँदै आधा दर्जन घोषणा गर्ने र त्यो सिनेमा रिलिज भएपछि भागभाग हुने अवस्था नेपाली फिल्ममा छ । एउटा सिनेमा नबनाउँदै आधा दर्जनको फुर्ती, चलेपछि को कता को कता ? निर्देशक ऋषिराज आचार्यको निर्देशनमा बनेको सिनेमा ड्रिम गर्ल मंसिर ७ गते चल्दैछ ।

यो सिनेमा बारम्बार सरेर मंसिर ७ मा पुगेको हो । तर, एउटै सिनेमा रिलिज हुने मेसो छैन । ऋषिले २ वटा नयाँ सिनेमा बनाउने घोषणा नै गरिदिए । यो सिनेमाका लागि कुनै कुरा फाइनल छैन । मात्र, निर्माता र निर्देशक फाइनल छन् । उनले बनाउन लागेको नयाँ सिनेमाको नाम चुरिफुरी र द्रौपती राखिएको छ ।

२ वटा सिनेमा अहिले नै घोषणा हुनुको पछाडि निर्माता नफुत्किउन् भन्ने रहेको विश्लेषण गरिन्छ । कमेसकम बनाएको सिनेमा त पहिला रिलिज गर्ने हो कि ?

For More videos Log on to Mazzako TV