प्रियंकालाई फुर्काइन् पूजाले ?
अभिनेत्री पूजा शर्मा र प्रियंका कार्कीको दोस्ती ह्वात्तै बढेको छ । सायद, प्रियंकाका पुराना साथीहरु उनीसँग टाढिन थालेको हुनसक्छ । पूजा शर्माले भने नेपाली फिल्मका कमै मात्र अभिनेत्रीसँग दोस्ती गर्ने गरेकी छिन् । यसैले पनि उनको साथी फिल्म लाइनमा कम छन् ।

उनै, पूजा र प्रियंका अहिले खुबै मिल्छन् । प्रियंकाले अभिनय गरेको कथा काठमाण्डु सिनेमा हेर्नका लागि हल पुगेकी पूजाले प्रियंकालाई फुर्काइन् । उनले, आफ्नो मन पर्ने अभिनेत्री प्रियंका कार्की भएको बताइन् । फिल्मको बारेमा पनि धेरै कुरा सुनेको र प्रियंका आफ्नो मनपर्ने अभिनेत्री भएकाले पनि सिनेमा हेर्न आएको पूजाले बताइन् ।
पूजासँग सधै भेट नहुने भन्दै प्रियंकाले उनीसँग मन मिल्ने बताइन् । संगीता श्रेष्ठले निर्देशन गरेको यो सिनेमा अहिले हलमा लागिरहेको छ । सिनेमाको व्यापार सुखद छैन ।
For More videos Log on to Mazzako TV








