हजार जुनी सम्ममा स्वस्तिमा होइनन् र ?
केही दिन अघि मात्र निर्देशन विकासराज आचार्यले आफूले बनाउन लागेको नयाँ सिनेमा हजार जुनी सम्मका लागि अभिनेत्री फाइनल भएको खबर मिडियामा दिएका थिए । उनले दिएको खबर अनुसार सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का फाइनल भएकी थिइन् ।
स्वस्तिमा फाइनल भएपनि आफूले हिरो भने खोजिरहेको विकासले बताएका थिए । तर, अभिनेत्री खड्काले भने यो सिनेमामा आफूले काम गर्ने कुरा फाइनल नभएको बताइन् । उनले आफूले अहिलेसम्म सिनेमामा साइन नगरेको पनि बताइन् । यतिमात्र होइन स्वस्तिमाले त आफूलाई यो बिषयमा केही पनि थाहा नभएको समेत बताएकी छिन् ।
नाइ नभन्नु ल ५ निर्माण हुनुभन्दा अघि नै स्वस्तिमासँग यो फिल्मका बिषयमा कुरा भएको वुझिन्छ । तर, स्वस्तिमाले भने हजार जुनी सम्मको बारेमा थाहा नभएको बताइरहेकी छिन् ।
For More videos Log on to Mazzako TV