आयुष्मानले फिल्म खेल्ने कुरा प्रियंकालाई नै थाहा छैन
अभिनेता आयुष्मान देशराज जोशी फिल्म राधा २ मा अनुवन्धित भए । यो सिनेमालाई योगेश घिमिरेले निर्देशन गर्दैैछन् । यो सिनेमाको शिर्ष भूमिकामा अभिनेत्री प्रियंका कार्कीलेक काम गर्दैछिन् । प्रियंका कार्कीले काम गर्न लागेको राधा २ को अघिल्लो राधामा अभिनेत्री संचिता लुइटेल मुख्य भूमिकामा थिइन् ।

यसपटक भने आयुष्मान र प्रियंकाको जोडीलाई योगेशले पर्दामा देखाउन चाहेका छन् । तर, अचम्म लाग्दो कुरा के छ भने, प्रियंका कार्कीलाई यो सिनेमामा आयुष्मान अनुवन्धित भएको नै थाहा छैन । उनले त आफूलाई यो खबर कहाँबाट आयो भन्ने नै थाहा नभएको बताइन् । यतिमात्र होइन, प्रियंकाले आयुष्मान अहिले मोबाइलमा पनि सम्पर्क हुन नसक्ने स्थानमा रहेको सुनाइन् ।
निर्देशक घिमिरेले पनि फिल्ममा आयुष्मान देशराज फाइनल भएको बताइसकेका छन् । प्रियंकालाई आयुष्मानले सिनेमा खेल्न लागेको कुरा थाहा नहुने पनि हुन्छ र ?
For More videos Log on to Mazzako TV








