नेपाली कथानक चलचित्र ‘सत्या’ को मुहूर्तसँगै छायांकन आरम्भ भएको छ । केही दिन अगाडि मनकामना मन्दिरमा शुभ साइत गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्देशक मिलन आलेले बताए । मिलनले यसअघि ‘लक्ष्य’ नामक चलचित्र निर्देशन गरेका थिए ।

सुमन खत्री, जमुनादेवी कालाखेती र समिर श्रेष्ठको निर्माण रहने फिल्ममा समसामयिक कथा लाई उतारिने निर्देशक आलले बताए । धनेश्वर फिल्म एण्ड एभटाईजिङ्गको ब्यानरमा रहेको फिल्म सुमन तण्डुकारले खिचिरहेका छन् ।

विकास चौधरीको संगीत,देब मर्हजनको द्वन्द् रहेको चलचित्र ‘सत्या’मा राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहोरा, बर्ष थिङ्ग, समिर श्रेष्ठ, सुमन खत्री, तेजा ऐर, विकास थापालगायतको अभिनय रहनेछ ।

For More videos Log on to Mazzako TV