म यस्तो गीत गाउँछु हेर्न नेपालबाट नपाइने
अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले अभिनय गरेको सिनेमा म यस्तो गीत गाउँछु युटुबमा आएको छ । यो सिनेमालाई बुढा सुब्बा डिजिटलले आफ्नो युटुब च्यानलबाट रिलिज गरेको हो ।

सिनेमा युटुबबाट रिलिज भएपनि यसलाई नेपालका दर्शकले भने हेर्न पाउने छैनन् । युटुबमा विदेशमा रहेका दर्शकले मात्र हेर्न पाउने व्यवस्था गरिएको छ । नेपालबाट पैसा नआउने भएपछि नेपालबाट हेर्न नमिल्ने बताइएको हो । यो सिनेमालाई नेपालमा एनटीसीको फोर जीबाट मोबाइलमा हेर्न पाइनेछ । नेपाली सिनेमाले हलमा राम्रो कमाई नगरेपनि युटुबमा दर्शक राम्रो पाइरहेका छन् । तर, युटुबमा नेपालबाट राम्रो पैसा नआउने भएपछि बुढासुब्बाले नेपालबाट भने सिनेमा हेर्न नमिल्ने बनाएको हो ।
दशैमा भने नेपालमा पनि सिनेमा हेर्न मिल्ने बनाइने वुझिएको छ । गतबर्ष यो सिनेमा सुपरहिट भएको थियो । सुदर्शन थापाले यो सिनेमालाई निर्देशन गरेका हुन् ।
For More videos Log on to Mazzako TV







