फिल्म छक्का पन्जा ३ को प्रचारका लागि यसका निर्माता र निर्देशकले नयाँ नयाँ प्रचारको तरिका रोजिरहेका छन् । दिपक र दीपाले प्रचारसँगै उद्घाटनमा पनि आफूलाई व्यस्त बनाएका छन् । राजधानीको मैतिदेवीमा सुरु भएको केकेएफसी रेष्टुरेन्टको उद्घाटन गर्न दिपक र दीपा पुगेका छन् ।

केकेएफसी रेष्टुरेन्टले छक्का पन्जा ३ सँग सहकार्य पनि गरेको छ । यस्तै, दिपक र दीपाले सीटी सेन्टरमा रहेको निल डेभिडको नयाँ सैलुनको पनि उद्घाटन गर्न भ्याएका छन् । उनीहरुले सिनेमाको प्रचारका लागि यो तरिका पनि राम्रो रहेको सुनाए ।

घटस्थापनाबाट रिलिज हुन लागेको यो सिनेमालाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्मको पहिलो नम्बरमा अहिले चर्चामा छ ।

For More videos Log on to Mazzako TV