राधा २ मा प्रियंका
अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहने फिल्म राधा २ का लागि अभिनेता पनि फाइनल भएका छन् । यो सिनेमाका लागि निर्देशक योगेश घिमिरेले अभिनेता आयुष्मान देशरज जोशीलाई फाइनल गरेका हुन् ।
अब, पर्दामा रियल लाइफ जोडी प्रियंका र आयुष्मानलाई दर्शकले हेर्न पाउनेछन् । यो सिनेमाको छायांकन कात्तिक ८ गतेबाट सुरु हुनेछ । सिनेमालाई नेपालको पूर्वी जिल्लाका रमणिय स्थानमा खिचिनेछ । सिनेमाले म्यूजिक लभ स्टोरी कथालाई उठान गर्नेछ ।
यो सिनेमाका लागि नव अभिनेता पनि फाइनल गरिएको छ । तर, नव अभिनेताको नाम सार्वजनिक भने गरिएको छैन ।
For More videos Log on to Mazzako TV