किन रुन्छन् हिरोइन ?
आफू अभिनित सिनेमा अनुराग पत्रकारसँग बसेर हेरेर बाहिर निस्कदा अभिनेत्री एलिजा गौतम रोइन् । उनका आँखाबाट आँशु झरे । एलिजा गौतम आफूले काम गरेको सिनेमा हेर्दै गर्दा रोएकी हुन् । तर, एलिजा गौतम नै पहिलो कलाकार होइनन्, जो सिनेमा हेरेपछि, सिनेमा नचल्दै यसरी रोएका छन् ।
सिनेमाले वाधोस् या नवाधोस्, अहिले कलाकार रोइदिन्छन् । अभिनेत्री दिपाश्री निरौला, स्वेता खड्का, आँचल शर्मादेखि थुप्रै कलाकार सिनेमा रिलिज अघि र पछि रुन्छन् । कलाकारको यो रुवाइलाई अहिले सिनेमा चलाउने फन्डा भन्न थालिएको छ । किनकी, जसरी हुन्छ जे गरेर हुन्छ रोइदिने चलन बढेको छ ।
पहिले सिनेमा हेरेर दर्शक रुन्थेँ, हिजोआज सिनेमा नचल्दै कलाकार रोइदिन्छन् । रुने फेसनले दर्शक भावनामा बग्न होइन हाँस्न थालेका छन् । आखिर, रोएर सिनेमा चल्छ होला र ?
For More videos Log on to Mazzako TV