मैले २५ बर्ष पत्रकारिता गरें, सबै ठुला नेताले ‘अनुराग’ हेर्दिनै पर्छ- ऋषि धमला
यस शुक्रबार एकै चोटी ३ वटा नेपाली चलचित्र रिलिज भए । कथा काठमान्डौ, अनुराग र छिरिङ ।
हरेक पक्ष बाट नयाँ गर्ने कोसिस, साहस वा कदम ‘अनुराग्’ टिम ले गर्यो । आफ्नि श्रीमतीको चलचित्र खेल्ने ब्यग्र इक्ष्याले चर्चित राजनितिक पत्रकार ऋषि धमलालाई चलचित्र निर्माणको स्वाद चखायो ।
त्यसैले होला प्राय फुर्सद मै नहुने उनि, फुर्सद निकालेरै हरेक पत्रकार, कलाकार्, राजनितिककर्मी सङ्ग प्रतक्ष्य भेट्घाट गरे । चलचित्र हेर्दिनको लागी आग्रह गरे । १६-१७ घन्टा काम मै बिजी हुने उन्लाई सायद २४ घन्टे दिन अपुग भैसक्याथ्यो । एकातिर आफ्नै व्यस्त काम,अर्को तिर आफ्नि २२ बर्षे श्रीमती को सपना “अनुराग्” ।

चलचित्र प्रदशन भैसकेपछी पत्रकारको जिज्ञासा थियो को को नेता, मन्त्री हरुलाई फिल्म देखाउनु हुन्छ ?
ऋषि भन्छन , मैले २५ बर्ष नेताकै पछी लागेँ उनिहरु कै कुरा लेखें ,बोलें,सुनाएँ । अब पालो को पैँचो उहांहरुले पनि तिर्नु पर्छ । अन्य चलचित्रमा जस्तो विशेष शो कुनै पनि नेता लाई नहुने । तर हरेक नेता ले मल्टिप्लेक्समा नभै सिङल स्कृन मा गएर आफ्नो चलचित्र हेरिदिनु पर्ने ‘अनुराग’का निर्माता समेत रहेका ऋषि धमला बताउँछन् ।
For More videos Log on to Mazzako TV








