हेमराजको फिल्ममा प्रदिप
अभिनेता प्रदिप खड्का निर्माता तथा निर्देशक हेमराज वीसीको नयाँ सिनेमामा फाइनल भएका छन् । हेमराजले ब्रेकअप रिलिजपछि नयाँ सिनेमा निर्माण गर्ने तयारी गरेका छन् । यूरोपमा छायांकन हुने सिनेमाको नाम तय भएको छैन ।

प्रदिप खड्का फाइनल भएपछि अभिनेत्री भने फाइनल भएकी छैनन् । हेमराज वीसीले अभिनेत्रीको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई काम गराउने तयारी गरेका छन् । तर, साम्राज्ञीसँग अहिलेसम्म संझौता भने भएको छैन । प्रदिप अहिले लभ स्टेशन सिनेमाको तयारीमा जुटेका छन् । यो सिनेमा पनि फागूणमा रिलिज हुने कुरा छ ।
यसपछि प्रदिपले हेमराजको फिल्ममा काम गर्नेछन् । हेमराजले अभिनेता अनमोल केसीलाई लिएर होस्टेल, जेरी, गाजलु जस्ता सिनेमा निर्देशन गरेका थिए ।
For More videos Log on to Mazzako TV







