चर्चित अभिनेत्री रेखा थापाको फिल्म ‘मालिका’ को ट्रेलर सार्वजनिक भएको छ । रेखा फिल्मस को ब्यानरमा बनेको चलचित्र को शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । अभिनेत्री रेखा थापा निर्देशित तथा अभिनीत फिल्मले बाल विवाहको कथा लाई वकालत गरेको बुझिन्छ।

ट्रेलरमा रेखा र डेब्यु गर्ल कमला वली हाबी छन् । कमर्शियल भ्यालु देखिएको ट्रेलरमा एक नारीको सशक्त र कमजोर दुई रुप देखाउन खोजिएको छ । ट्रेलर रेखाको एक्सन र डाइलगबाट भरिपूर्ण छ । फिल्मले नारी सशक्तिकरणको आवाज उठाएको रेखाले बताइन् ।

रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको कृष्ण नवमी अर्थात् कात्तिक १६ गते रिलिज हुँदैछ । शिवम अधिकारीको पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।  नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।

‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’ पछि पर्दामा देखिन लागेकी हुन् ।पछिल्लो समय रेखा बढी मात्रामा सामाजिक, अझा त्यस माथी पनि नेपाली महिलाको आवाज बोल्ने खालको फिल्ममा बढी सकृय छिन्।

For More videos Log on to Mazzako TV