फ्राईडे रिलिज : ‘अनुराग’, ‘कथा काठमाण्डू’ र ‘छिरिङ्ग’
फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘अनुराग’, ‘कथा काठमाण्डू’ र ‘छिरिङ्ग’ अलनेपाल प्रदर्शनमा आएकमा हुन् ।
ऋषि धमलाले निर्माण गरेको फिल्म ‘अनुराग’ एक म्यूजिकल लभस्टोरी फिल्म हो । ‘कथा काठमाण्डू’ मा घरेलु हिंसाको कथालाई उत्तारेर फिल्म निर्माण गरिएको छ । ‘छिरिङ्ग’ ले बहुपतिप्रथा र मस्तिष्क प्रत्यारोपणको कथा वाचन गरेको छ । मल्टिप्लेक्समा अन्य दुई फिल्मभन्दा ‘कथा काठमाण्डू’ ले निकै राम्रो शोज पाएको छ । संगीता श्रेष्ठ निर्दे्शित कथा काठमाण्डु मा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संयोग कोइराला, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।

‘छिरिङ्ग’ लाई गायक तथा नायक यश कुमारले निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्दे्शित फिल्म हो । उनका अलावा गायक तथा अभिनेता निमा रुम्बाको पनि फिल्ममा अभिनय छ । यी दुई अभिनेताको अपोजिटमा अभिनत्री कामना भुजेल छिन् । ऋषि धमलाले निर्माण गरेको ‘अनुराग’ मा उनकी श्रीमती एलिजा गौतमले अभिनय गरेकी छन् । उनको यो डेब्यु फिल्म हो । सत्यराज चौलागाईँ निर्दे्शित फिल्ममा समुन्द्र पण्डितको पनि लिड रोल छ ।
For More videos Log on to Mazzako TV








