लामो समय अमेरिकाको बसाई पछी फर्केका अभिनेता सरोज खनाल आजकल निकै ब्यस्त देखिन्छन् । यो ब्यस्तता लाई अझ तन्काउँदै अभिनेता सरोज खनालले अभिनय कोर्ष सिकाउने स्कुल सञ्चालनमा ल्याएका छन् । मंसिर १ गतेबाट औपचारिक रुपमा पढाई सुरु हुने स्कुलको केही दिनमा उद्घाटन हुँदैछ । यस स्कुल ५० लाखको लगानीमा सुरु हुन लागेको ब ताईएको छ । स्कुलको नाम ‘माला आर्टस् एकेडेमी’ राखिएको छ ।

यसमा सरोजसँगै चन्द्र माला शर्मा, विरेन्द्र हमाल, सूर्य माला खनालको सहकार्य छ । भर्ना खुल्ला भइसकेको एकेडेमीमा कलाकार बन्नका लागि आवश्यक पर्ने कोर्षको प्रशिक्षण दिइने अभिनेता खनालले जानकारी दिए । तीन महिने कोर्षका लागि प्रति महिना २० हजार शुल्क तोकिएको छ । हरेक सिजनमा प्रशिक्षण लिने विद्यार्थीहरुलाई राष्ट्रिय नाचघरमा तीन-तीन महिनाको अवधिमा नाटक मञ्चन पनि गर्न लगाइने खनाल बताउँछन् । दरबारमार्गस्थित बेन्टी आउटलेटको दोश्रो तल्लामा रहेको एकेडेमीमा हरेक हप्ता चर्चित सेलिव्रेटीले पनि अध्ययन गराउनेछन् ।

सरोजसँँगै नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, सौगात मल्ललगायतले एकेडेमीमा भर्ना भएका विद्यार्थीहरुलाई हरेक हप्ता अभिनयको विषयमा आफ्नो अनुभव साट्नेछन् । अभिनयमा रुची भएका जो कोहीलाई एकेडेमीमा भर्ना हुनसक्ने वतावरण भएको सरोजले जानकारी दिए ।

For More videos Log on to Mazzako TV