ऐतिहासिक कथा बोकेको फिल्म ‘नालापानी’ को टीजर रिलजि गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्म ‘नालापानी’ को ट्रेलर रिलिज गरेको हो । प्रदर्शन मिति भने तय गरेको छैन् । नेपाल र नेपाली भुमीको पक्षमा अंग्रेजहरुसँगको युद्धमा वीर वलभद्र कुवंरले देखाएको देशप्रेम तथा नेपाली भूमी बचाउन लडेको लडाइँको कथा फिल्मले पेश गर्छ ।

रिमेश अधिकारीको निर्माण तथा निर्देशन रहेको फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य, जनक बर्तौला, सुशिल खड्का, हिक्मत थपलिया र गीता अधिकारी लिड अभिनयमा छन् ।

रामशरण उप्रेतीले खिचेको फिल्मलाई बिपिन मल्लले सम्पादन गरेका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन हुँदा कोरियोग्राफी कविराज गहतराजको छ ।

 

For More videos Log on to Mazzako TV