बकम्फुसे राजामा दया
अभिनेता दयाहाङ राई अन्तत निर्देशक प्रकाश सुवेदीले निर्देशन गर्न लागेको सिनेमा बकम्फुसे राजामा अनुवन्धित भएका छन् । यो सिनेमामा अभिनेता खगेन्द्र लामिछाने लिड भूमिकामा रहने बताइएको थियो । तर, सिनेमाको छायांकन फागूणमा पुगेपछि खगेन्द्रले सिनेमामा काम गर्न नसकेका हुन् ।
सिनेमाका लागि अभिनेत्रीद्धय बर्षा राउत र बर्षा सिवाकोटीले काम गर्ने चर्चा थियो । तर, बर्षा सिवाकोटीले भने अब काम नगर्ने भएकी छिन् । सिनेमामा अभिनेत्री नीता ढुंगानाको प्रवेश भएको छ । अब, बर्षा राउत र नीता ढुंगाना सिनेमाको मुख्य भूमिका रहनेछन् ।
दुई बर्षाको झगडाको प्रभाव यो सिनेमामा परेको छ । कमेडी जनरामा निर्माण हुन लागेको सिनेमालाई गणेश सुवेदीले निर्माण गर्दैछन् ।
For More videos Log on to Mazzako TV