असोज २४ गते घटस्थापनाको दिनबाट रिलिज हुने लागेको सिनेमा छक्का पन्जा ३ को एउटा भिडियो भाइरल बनिरहेको छ । यो सिनेमामा ३ कलाकार तथा निर्माता दिपकराज गिरी, केदार घिमिरे र जितु नेपालको झगडाको भिडियो भाइरल बनेको हो ।

भिडियोमा सिनेमा किन फूलपातिबाट घटस्थापनामा सारेको भन्दै जितु र केदारले दिपकसँग प्रश्न गरेका छन् । दिपकले भने सबै कुरा मिलाउन, सबैको चित्त वुझाउन सजिलो नभएको भन्दै घटस्थापनामा अझै दर्शक बढी आउने भन्दै दुई निर्मातालाई विश्वस्त बनाउन खोजेका छन् ।

यो भिडियोलाई लिएर अहिले दर्शक र फिल्मीकर्मीमा बहस पनि चर्किएको छ । तर, यो भिडियोको अन्त्यमा तिनै जनाले रमाइलोका लागि बनाएको बताएका छन् । भिडियो सार्वजनिक गर्नुको उद्देश्य घटस्थापनामा सिनेमा रिलिज हुँदैछ भनेर दर्शकलाई बारम्बार सुनाउनु रहेको देखिन्छ । दिपाश्री निरौलाले यो सिनेमाको निर्देशन गरेकी हुन् ।

For More videos Log on to Mazzako TV