रेनशा वान्तवा राइले इन्टु मिन्टु लण्डनमा सिनेमा हिट भएपछि नयाँ सिनेमा बनाउने घोषणा गरेकी छिन् । उनले बनाउन लागेको नयाँ सिनेमाको नाम आई एम ट्वान्टी वान राखिएको छ । आउँदो बर्षको दशैमा यो सिनेमा रिलिज हुनेछ ।

सिनेमाका लागि कलाकार फाइनल गरिएको छैन । तर, इन्टु मिन्टु लण्डनमाका निर्देशक धिरज मगर नै यो सिनेमाको मुख्य हिरो हुने फाइनल जस्तै छ । सिनेमा इन्टु मिन्टु लण्डनमाले भने ५ दिनमा करिब ३ करोड ग्रस गरेको भन्दै केक काटिएको छ । दर्शकको संख्या हलमा बढ्न थालेको भन्दै रेनशाले आफूहरु सफल भएको बताएकी छिन् ।

रेनशाले फिल्मको डिमाण्ड विदेश बजारमा पनि ह्वात्तै बढेको बताएकी छिन् । यो सिनेमामा धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकार मुख्य भूमिकामा छन् । तर, फिल्म सफल भएको भनेर केक काट्दा साम्राज्ञी भने उपस्थित थिइनन् ।

For More videos Log on to Mazzako TV