नायिका केकी अधिकारी र रीमा विश्वकर्मा ‘सरकारी जागिर’ नामक चलचित्रमा सँगै देखिने भएका छन् । केकीले निर्माण गरेको चलचित्र’कोहलपुर एक्सप्रेस’ को ‘सिओडब्लू काउ’ गीतमा रीमा र केकी सङ्गै देखिएका थिए ।

केकी अधिकारी रीमा विश्वकर्मा सङ्गै गौरी मल्ल को मुख्य भूमिका रहेको यस चलचित्रमा कर्मा, संयम पुरी, रमेश रञ्जन झालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । २ हप्तादेखि कुनै सार्वजनिक जानकारी बिना फिल्मको गोप्य रुपमा छायांकन भइरहेको छ ।

‘सरकारी जागिर’ चलचित्रले एक व्यक्तिको जीवनमा पार्ने पारिवारिक एवं सामाजिक प्रभावलाई चलचित्रले वाचन गर्ने बताइएको छ ।
चलचित्र को निर्देशकिय पक्ष भने अमित प्रधान र अदिप प्रधानले संयुक्त रुपमा सम्हालिरहेका छन्, ।

For More videos Log on to Mazzako TV