इन्स्टाग्राममा अदितीका ५ लाख फलोअर्स
अहिले कलाकारको लोकप्रियताको मापन सामाजिक संजालमा उनीहरुलाई पछ्याउने फ्यानको संख्याले पनि हुन्छ । नेपाली कलाकारको लोकप्रियताको मापन बक्स अफिस कलेक्शन, युटुबममा भ्यूज र सामाजिक संजालमा पछ्याउनेको संख्याको आधारमा हुन्छ ।
फिल्म कृमा काम गरेकी अभिनेत्री अदिती वुढाथोकीलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ५ लाख पुगेको छ । ५ लाख फलोअर्स पुगेपछि उनले खुशी व्यक्त गर्दै फ्यानलाई धन्यवाद पनि दिएकी छिन् । कृ सिनेमामा काम गरेपछि अदितीले दोश्रो नेपाली सिनेमामा काम गरेकी छैनन् ।
तर, उनी मुम्बइमा रहेर मोडलिङमा व्यस्त छिन् । इन्स्टाग्राममा उनले पोष्ट गरेका तस्बिरले सधै नै चर्चा पाउँछ । यसैले पनि उनलाई इन्स्टा क्विन पनि भनिन्छ ।
For More videos Log on to Mazzako TV