अभिनेत्री रीमा विश्वकर्मा र केकी अधिकारी मिल्ने साथी हुन् । यी दुई मिल्ने साथी अहिले एउटै फिल्ममा काम गरिरहेका छन् । केकी र रीमाले स्वर सिनेमाबाट एकसाथ डेब्यू पनि गरेका हुन् । केकीले बनाएको सिनेमा कोहलपुर एक्सप्रेसको एउटा गीतमा रीमा देखिएकी पनि थिइन् ।


केकी र रीमा अहिले सिनेमा सरकारी जागिरमा काम गरिरहेका छन् । यो सिनेमामा केकी र रीमाको साथमा गौरी मल्ल, कर्मा, संयम पुरी, रमेश रञ्जन झा मुख्य भूमिकामा छन् ।


फिल्मलाई अमित प्रधान र अदिप प्रधानले संयुक्त रुपमा निर्देशन गरिरहेका छन् । यो फिल्मले सामाजिक कथावस्तु बोल्नेछ । एक व्यक्तिको कथामा सिनेमा बनेको छ । यही बर्षको अन्त्यमा यो सिनेमा रिलिज गर्ने योजना यसको निर्माताको छ । नरेन्द्र मैनालीले सिनेमा खिचिरहेका छन् । सिनेमाको बारेमा अन्य केही पनि बताइएको छैन ।

For More videos Log on to Mazzako TV