अभिनेत्री निरुता सिंह करिब ८ बर्ष सिनेमा लाइनबाट टाढा रहँदा पनि उनको क्रेज कमजोर बनेको छैन । उनकै यूगका विपना थापा, जल शाह लगायतका हिरोइन हराउँदा पनि दर्शकले उनलाई खोजिरहेका छन् । यसैले पनि निरुता सिंह फेरि नेपाली फिल्ममा जम्न सक्छु भन्ने विश्वासमा छिन् । नाई नभन्नु ल ५ मा छोटो भूमिका निभाउँदा पनि उनलाई दर्शकले रुचाए ।

निरुता सिंहको आज जन्मदिन परेको छ । मुम्बइमा नै रहेकी निरुता अब राम्रो भूमिकामा देखिने तयारीमा छिन् । उनले दाल भात तरकारी फिल्ममा फूल फेज काम गर्नेछिन् । यो सिनेमामा उनी कलाकार हरिवंश आचार्यकी श्रीमति बन्दैछिन् । लभ स्टेशन सिनेमामा पनि उनी काम गर्दैछिन् ।

निरुता सिंहलाई दर्शकले अब एकपछि अर्को फिल्ममा देख्न पाउनेछन् । उनको पालामा जसरी अभिनेत्रीको रुपमा नजमेपनि निरुताको अभिनयको जादु भने दर्शकले पर्दामा हेर्न पाउनेछन् ।

For More videos Log on to Mazzako TV