दुई दिनमै १४ लाख भिउज् सहित ट्रेन्डिङ १मा “ग्याङस्टार ब्लुज”
आना शर्मा र आशिरमान देशराज जोशीको मुख्य भुमिका रहेको फिल्म ग्याङस्टार ब्लुजु युट्युबमा रिलिज गरेको केही दिनमै युट्युबको ट्रेन्डिङ १ मा आएको छ । रिलिज गरेको दुइृ दिनमै चलचित्र युट्युबको ट्रेन्डिङ १ मा परेको छ । ओएसआर डिजिटलले आफ्नो युट्युब मार्फत पूरा चलचित्र रिलिज गरेको थियो ।
चलचित्रमा आशिरमान जोशी, आना शर्मा, संयम पुरी, रोजिसा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ, सुवास थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । कालीप्रसाद बास्कोटाको संगीत रहेको यस फिल्म मा बनिष शाहले सम्पादन गरेका हुन्, भने सरोज न्यौपाने र हेमराज बिसीको संयुक्त निर्माण रहेको थ्यो ।
हेमराज बिसीद्वारा निर्देशित चलचित्र ‘ग्याङस्टार ब्लुज’को कथा पनि स्वयम् बिसीले नै लेखेका हुन् । यो फिल्म आना शर्माको, अभिनेता अनमोल केसी सँग को ‘जेरि’ पछी को अर्को फिल्म थियो । आशिरमान देशराज जोशी आयुश्मान देशराज जोशीका भाई हुन् ।
For More videos Log on to Mazzako TV