गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बिभिन्न देशहरुमा प्रदर्शन हुने भएको छ । धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह र शारुक ताम्रकार स्टारर फिल्मको विदेश यात्रा अष्ट्रेलियाबाट सुरु हुने भएको हो ।

रेनशा वान्तवा राई निर्दे्शित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ अक्टोबर १०, ११ र १२ तारिखमा अस्ट्रेलियामा लाग्नेछ । नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको फिल्म अक्टोबर २१ मा कोरिया, अक्टोबर २९, ३०, ३१ युके, नोबेम्बर ३ पोल्याण्ड, नोभेम्बर ९ हङकङ र नोबेम्बर १५ दिर्माकमा जाने तय भएको रेनशा जानकारी दिइन् । त्यसपछि जापान र अमेरिकामा फिल्म लाग्ने उनको भनाई छ ।

म्युजिकल लभ स्टोरी फिल्म इन्टु मिन्टु लण्डनमा ले घरेलु बक्स अफिसमा राम्रो दर्शकको साथ पाइरहेको छ । आइकोर फिल्मसको प्रस्तुती रहेको फिल्मको सम्पूर्ण जसो छायाँकन लण्डनमा गरिएको हो ।

For More videos Log on to Mazzako TV