यात्रामा चट्ट रुमाल
निर्माता केशव भट्टराइले आफूले निर्माण गरेका ब्लकबस्टर सिनेमा आफ्नो मान्छेमा समावेश चट्ट रुमाल क्या मालुम बोलको गीतलाई नयाँ फिल्ममा समावेश गरेका छन् ।
उनले निर्माण गरेको यात्रा नामक सिनेमामा यो गीत समावेश छ । चट्ट रुमाल क्या मालुम अहिले पनि हिट छ । यो गीतको भिडियोमा स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहले नृत्य गरेका छन् ।
यात्राको गीतमा भने सलिनमान बनियाँ, मल्लिका महत्त , सलोन बस्नेत लगायतले नृत्य गरेका छन् । यो गीत समावेश गर्दा सिनेमाको हाइप बढ्नेमा केशव विश्वस्त छन् । पुरानो यो गीत र भिडियो हिट थियो । नयाँ कस्तो हुने हो, प्रतिक्षा गरौ ।
For More videos Log on to Mazzako TV