दशैको बिदामा हुन लागेको नेपाली फिल्मको ठूलो भिडन्त यो बर्ष टर्ने पक्का भएको छ । दशैमा छक्का पन्जा ३ र जय भोले रिलिज हुने फाइनल भएको थियो । तर, दुबै फिल्म एउटै मितिमा आउने तयारीमा लाग्दा फिल्म क्षेत्रमा ठूलै राजनीति हुने देखिएको थियो ।

तर, दुई फिल्मका निर्माताको सहमतीपश्चात अब यी दुई सिनेमा एक साताको अन्तरमा रिलिज हुने भएका छन् । छक्का पन्जा ३ असोज २४ गते घटस्थापनाको दिनबाट रिलिज हुने भएको छ । यस्तै, जय भोलेले असोज ३० गते फूलपातिको दिनलाई प्रदर्शन मिति तोकेको छ । सिनेमाको प्रदर्शन मितिसँगै पोष्टर पनि रिलिज भएको छ ।

अशोक शर्माको निर्देशनमा बनेको यो सिनेमामा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV