जसितासँग जोडी बाध्दा उत्साहित प्रदिप
आफ्नी रुमर प्रेमिका जसिता गुरुङसँग जोडी बाधेका अभिनेता प्रदिप खड्का उत्साहित छन् । आज राजधानीको पशुपति मन्दिर परिसरमा शुभसाइत गरिएको लभ स्टेशन सिनेमालाई लिएर प्रदिपको उत्साह बढेको हो । यो सिनेमाको छायांकन शुक्रबारबाट सुरु हुनेछ ।


दार्जिलिङ्ग र सिक्किममा यो सिनेमाको छायांकन हुनेछ । उज्ज्वल घिमिरेले निर्देशन गर्न लागेको यो सिनेमाको शुभ साइत समारोहमा अभिनेता प्रदिप खड्काले आफ्नो र जसिताको जोडी फेरि फिल्ममा देखिन लागेको भन्दै उत्साह व्यक्त गरेका थिए । उनले सिनेमाको कथावस्तुले पनि आफूलाई उत्साहित बनाएको बताएका छन् ।
फिल्मलाई सिलगुढी, सिक्किम, दार्जिलिङ लगायतका स्थानमा ५० दिन लगाएर खिचिने निर्माता गोविन्द शाहीले बताएका छन् । फिल्ममा सरोज खनाल, निरुता सिंह, रश्मी पाण्डे, श्रेया क्षेत्रीको मुख्य भूमिका छ । सिनेमालाई फागूणमा रिलिज गर्ने योजना निर्माता शाहीको छ ।
For More videos Log on to Mazzako TV







