दीपिकालाई मोटाइले समस्या ?
अभिनेत्री दीपिका प्रसाइको सेक्सी फिगरको याद त दर्शकलाई होला । ऐश्वर्य सिनेमाको उनको फिगरले दर्शकको मन जितेको थियो । डेब्यू सिनेमामा दीपिकाले जुन खालको मेहेनत गरेकी थिइन्, त्यसले काम पनि गरेको छ । तर, दोश्रो सिनेमा छक्का पन्जा ३ सम्म आइपुग्दा दीपिका ओझेल पर्न थालेको टिप्पणी हुन थालेको छ । दीपिकाले आफ्नो आकर्षक फिगरको समेत मतलब गरेकी छैनन् ।

खानाको पारखी दीपिका मोटाएपछि उनको आलोचना हुन थालेको छ । दीपिकाको तौल बढेपछि उनको त्यो फिगर पनि हराएको छ । फिल्म छक्का पन्जा ३ का लागि दीपिकाले खुलेरै बोलेकी पनि छैनन् । दीपिकाले आफूलाई सिनेमामा अगाडि लैजान नचाहेकी हुन् कि भन्ने खालका समाचार पनि आएका छन् । छक्का पन्जा ३ जस्तो सिनेमा पाउँदा पनि दीपिका किन कम बोलिरहेकी छिन् भन्ने आलोचना भएको छ । दीपिकाको तौल बढेको यो सिनेमाको कार्यक्रममा पनि देखिएको थियो । यसैले उनले फिगर मेन्टेन गर्न आवश्यक छ ।
For More videos Log on to Mazzako TV







