प्रियंकाको मौन, योजना
असोज १२ गतेबाट रिलिज हुने सिनेमा कथा काठमाण्डुलाई लिएर अहिले थुप्रै बहस चर्किएको छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरि विचको अन्तरंग दृश्यले पनि चर्चा पाएको छ ।
यो दृश्य सार्वजनिक भएपछि अभिनेत्री प्रियंका कार्की मौन बसिन् । उनले दिएको दृश्यले आलोचनाको सिमा नाघेपछि उनी मौन बसिन् । तर, अभिनेत्री प्रियंका कार्कीले भने आफू टिमको योजना अनुसार नै नबोलेको प्रतिक्रिया दिएकी छिन् । मिडिया कुराकानीमा उनले आफू सो समयमा बोल्दा झनै नकारात्मक कुरा फैलने भएकाले पनि नबोलेको र सिनेमा रिलिज हुनु भन्दा एक हप्ता अगाडि बोल्ने योजना बनाएको बताएकी हुन् । आफूले दिएको दृश्यले कुनै फरक नपरेको भन्दै सिनेमाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् ।
यो सिनेमाले घरेलु हिंसाको कथालाई उठान गरेको प्रियंका बताउँछिन् । संगीता श्रेष्ठको निर्देशनमा तयार भएको यो सिनेमाको गीत र ट्रेलर हिट भएको छ । अभिनेत्री प्रियंका कार्कीले यो सिनेमाले समाजलाई एक पटक सोच्न वाध्य पार्ने समेत बताइन् ।
For More videos Log on to Mazzako TV