भैरवीमा प्रदिप नहुने, पललाई अफर
दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म भैरवीबाट अभिनेता प्रदिप खड्का बाहिरिएको खबर छ । यो सिनेमामा प्रदिपलाई मात्र संझौता गरिएको थियो । तर, प्रदिपलाई लिएर अहिले सिनेमा नबनाउने मनस्थितीमा निर्माता सुवास गिरी पुगेका छन् ।

यसैले पनि प्रदिप फिल्मबाट बाहिरिएको वुझ्नमा आएको छ । प्रदिप बाहिरिएपछि सुवास र दिनेशले अभिनेता पल शाहलाई फिल्ममा अफर गरेका छन् । पल शाहले पनि काम गर्दा केही हुन्न भन्ने सोचाई निर्माता र निर्देशकको छ । वुझ्नमा आएअनुसार, सिनेमामा पल वा कुनै नयाँ अभिनेता हुनेछन् । सिनेमाको छायांकन चाडै सुरु गर्ने योजना छ ।
निर्देशक राउत प्रसादमा व्यस्त भएपछि भैरवीको छायांकन ढिलो भएको हो । प्रदिपसँग भैरवी साइन गरेपछि कुनै पनि सिनेमामा काम नगर्ने संझौता भएको थियो । तर, प्रदिपले लभ स्टेशनमा काम गर्न लागेपछि निर्माता असन्तुष्ट बनेका हुन् ।
For More videos Log on to Mazzako TV








