अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सुपरस्टारको ट्याग दिदा के होला ? बक्स अफिसमा इनिसियल रुपमा उनी हिट छिन् । विवाद जती नै आएपनि उनलाई हेर्न हलमा दर्शक आएका छन् । शुक्रबारदेखि रिलिज भएको सिनेमाले २ दिनमा गरेको व्यापार साम्राज्ञीको कारणले पनि हो ।

यही भएर त साम्राज्ञी आफूलाई सुपरस्टार भन्न थालिसकेकी छिन् । साम्राज्ञीका अनुसार, हिरोका कारण मात्र फिल्म चल्दैन । नेपालमा हिरोइन पनि सुपरस्टार छन् । फिल्म चलेको सम्पूर्ण क्रेडिट हिरोलाई मात्र हुँदैन भन्ने निर्माताहरुले वुझ्न पर्ने साम्राज्ञीको भनाई छ । साम्राज्ञीले नेपालमा पनि सुपरस्टार हिरोइनहरु भएको बताइन् ।

उनले आफूलाई सधै नै आफूले माथि राख्ने गरेको पनि बताएकी छिन् । आफूले आफूलाई माथि राखेर नसोच्ने हो भने पछि परिने साम्राज्ञीको भनाई छ । इन्टु मिन्टु लण्डनमाले बम्पर ओपनिङ गरेपछि साम्राज्ञी हौसिएकी छिन् ।

For More videos Log on to Mazzako TV