आजदेखि रिलिज भएको इन्टु मिन्टु लण्डनमा सिनेमाले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । यो सिनेमाले शुक्रबार दिनभर मल्टिप्लेक्स हलमा पकड जमाएको हो । निर्माताका अनुसार ६० देखि ८० प्रतिशत अकुपेन्सीका साथ सिनेमा चलिरहेको छ ।

राजधानीको क्यूएफएक्स चेनमा सिनेमाको बुकिङ सुखद थियो । बिहानैबाट सिनेमा हेर्नका लागि दर्शकले उत्सुकता देखाएका थिए । राजधानी बाहिर पनि सिनेमाको व्यापार राम्रो छ । रेनशा वान्तवा राइले निर्देशन गरेको यो सिनेमामा धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकारको मुख्य भूमिका छ । सिनेमाले शनिबार आक्रामक कमाई गर्ने विश्लेषण गरिएको छ ।

किनकी, शनिबारका लागि दर्शकले आक्रामक तबरले बुकिङ गरिरहेका छन् । सिनेमाको गीतसंगीत, कलाकारको प्रभाव इनिसियल व्यापारमा परेको छ ।

For More videos Log on to Mazzako TV