फिल्म चल्यो, तर रिसाए अभिनेत्री र निर्देशक
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्देशक रेनशा वान्तवा राइले २ बर्षको मिहिनेतपछि इन्टु मिन्टु लण्डनमा फिल्म हलसम्म ल्याउन सफल भएका छन् । तर, सिनेमा हलमा लागिरहँदा दुई फिल्मीकर्मीविच भने लडाई सुरु भएको छ ।

यो सिनेमाको प्रिमियरमा पनि यी दुइको कोल्डवार देखिएको हो । साम्राज्ञीलाई पर्खिन आवश्यक नठानिकन रेनशाले रेड कार्पेटमा दुई अभिनेता धिरज मगर र सारुक ताम्राकारसँग मात्र हिड्ने विचार गरिन् । कार्यक्रम सकिएपछि मात्र साम्राज्ञी आइन् र उनका लागि फेरि कार्यक्रम गरिएको थियो । साम्राज्ञी र रेनशाविच खासै बोलचाल भएन । साम्राज्ञीको नाम लिन रेनशाले आवश्यक पनि ठानिनन् ।
रेनशा रुदा साम्राज्ञीले आँशु पुछिदिने कोशिश पनि गरिनन् । साम्राज्ञी सिनेमाको प्रमोशनको क्रम चलिरहँदा जापान उडेपछि रेनशा आगो भएकी हुन् । यो सिनेमा आजबाट रिलिज भएको हो ।
For More videos Log on to Mazzako TV








