नेपाली सिनेक्षेत्रमा यस हप्ता मज्जाको संयोग परेको छ । यस हप्ताको शुक्रवार चर्चित नायक अनमोल केसीको फिल्मबाट डेब्यु गरेका दुई अभिनेत्रीको ठुलो पर्दामा लडाई हुँदैछ । अनमोल सँगको जोडी भएर साम्राज्ञी आरएल शाह ले ‘ड्रिम्स’मा र सृष्टि श्रेष्ठले ‘गाजलु’मा स्क्रीन सेयर गरेका थिए ।
साम्राज्ञीको ‘इन्टु मिन्टु लण्डनमा’ र सृष्टिको ‘बाँध मायाले’ ले शुक्रवारबाट एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् । दुबै फिल्मले माँया प्रेमको कथा बोल्छ । उता पट्टी दुई फिल्मलाई टक्कर दिन अभिनेता जय किशन बस्नेतको फिल्म ‘धूम ३’ पनि प्रदर्शनमा आएको छ ।

कोरियोग्राफर रेनाशा वान्तवा राईको पहिलो निर्देशन रहेको ‘इन्टु मिन्टु लण्डनमा’ले लोकेसन,मल्टी स्टार, ट्रेलर र गितको चर्चाको आडमा  मल्टिप्लेक्समा केहि बढी हल पाएको छ । यस फिल्ममा उनको जोडी अभिनेता धिरज मगरसँग छ । प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेको यस फिल्ममा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

फिल्म ‘बाँध मायाले’ मा अभिनेत्री सृष्टि श्रेष्ठ सङ अभिनेता आर्यन अधिकारी जोडीको रुपमा छन्। सविर श्रेष्ठ निर्देशित फिल्ममा किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको अभिनय छ ।

For More videos Log on to Mazzako TV